images
images
  • वैदेशिक रोजगारीमा पठाउने भन्दै ३१ लाख ठगी गरेको आरोपमा चार जना पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको धुनीबेँसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रिन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ वर्षीय राजेश बराम रहेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट सात लाख ५० हजार रुपैयाँ, खत्रीले माल्टा पठाइदिने भन्दै छ लाख रुपैयाँ, तामाङले संयुक्त अरब इमिरेट्स ९यूएई० पठाइदिने भन्दै दुई लाख रुपैयाँ र बरामले सिंगापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ ।

    विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई गन्तव्य मुलुक नपठाई सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    प्रहरीले चारै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images