काठमाडौं — सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका र घाइते भएका दुवै जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडुस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । घाइते हुनेमा भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएका थिए। सोही क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका पटेललाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















