काठमाडौं – किभ,अमेरिकाले नोभेम्बर १० र ११ का लागि शान्ति वार्ता तोकेपछि रुस युक्रेन युद्ध अन्त्यको झिनो आस पलाएको छ । यसरी वार्ताको वातावरण बने पनि रुसको आक्रमण भने रोकिएको छैन । युक्रेनको राहत केन्द्रमा नै रुसले आक्रमण गरेको छ ।
यसरी गरेको आक्रमणमा परेर २६ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
झाम्पोझारिया क्षेत्रको त्यो राहत केन्द्र अहिले युद्ध फ्रन्ट लाइनको अगाडी नै रहेका कारण बन्द गरिएको छ । यसैले अहिले राहत वितरणका लागि नयाँ केन्द्र तोकेर विद्यार्थीलाई साताको एक पटक राहत प्याकेज उपलब्ध गराउने तयारी भएको छ ।
युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सीले बताए अनुसार पहिलो पटक बाहिर अन्यले यत्रा गरी रहेको स्थानमा आक्रमण गरिएको थियो । दोस्रो पटक भने सेल्टरलाई लक्षित गरेर आक्रमण भएको हो ।
उनले सातामा एक पटक राहत लिनका लागि धेरै जना आइ पुग्नेमा रुसीहरू सतर्क नभएको समेत बताए । जेलेन्सकीले रुसबाट भविष्यमा पनि न्यायोचित व्यवहारको अपेक्षा गर्न नसकिने बताएका छन् ।
मस्कोले पछिल्लो साता ओलीस्कीमा रहेको राहत केन्द्रमा पनि आक्रमण गरेको आरोप जेलन्सकीको छ । उनले मानवीय सोच राख्ने अवसर भएको बताउँदै रुसले अहिले पनि मान्छे मार्न मात्र चाहेको आरोप लगाएका छन् ।
युक्रेनी गुप्तचरको सूचना अनुसार अमेरिकामा मध्यावधि निर्वाचन भई रहेको समयमा रुसले युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गर्ने योजना बनाएको छ ।
राष्ट्रपति जेलेन्सीले युद्ध अन्त्यको विकल्प नहुने गरी अमेरिकाले रुसलाई दबाब दिए मात्र अहिलेको समस्या समाधान हुने बताए । यो आक्रमण भएको केही घन्टा नबित्दै मध्यपूर्वकलागि विशेष अमेरिकी दूत स्टिम विटकोफले १० र ११ नोभेम्बरमा दुवै देशका प्रतिनिधिसँग अबुधाबीमा भेट गर्ने बताएका छन् ।
सेन्ट पिटर वर्गमा दुई साता अघि भएको विटकोफसँगको भेटघाट भए पछि रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले त्रिपक्षीय वार्ताका लागि सहमति भएको बताएका छन् । शरद ऋतु अघि नै यस चार वर्षे भन्दा लामो समयको युद्धको अन्त्य गर्न यो त्रिपक्षीय वार्ता कामीयाव हुने विश्वास पनि पुटिनले व्यक्त गरेका छन् ।
युक्रेनका विदेश मन्त्री आन्द्रे सियिबा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा रुस माथि लागेको प्रतिबन्ध हटाउने निर्णयको पनि आलोचना गरेका छन् । उनले पूर्ण शान्ति कायम नभएसम्म प्रतिबन्ध रहनु पर्नेमा जोड दिएका छन् ।






















