काठमाडौं– गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणमा परी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसअघि भएका हिंसात्मक घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको र भग्नावशेषबाट थप दुई जनाको शव निकालिएको उल्लेख छ ।
सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भएयता मात्रै कम्तीमा १ हजार ५९३ जना प्यालेस्टिनीको मृत्यु भएको र ५ हजार ७४८ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा ध्वस्त भवनका भग्नावशेषमुनिबाट थप ८४७ जनाको शव निकालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२३ को अक्टोबरदेखि गाजामा इजरायलले जारी राखेको युद्धमा मृत्यु हुने प्यालेस्टिनीको कुल संख्या ७४ हजार ६०९ पुगेको छ । यस अवधिमा १ लाख ७५ हजार ८७२ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






















