काठमाडौं – बेलग्रेड,एक वर्ष अघिको नोभेम्बरमा सर्बियामा हंगेरीका राष्ट्रपति भिक्टर उर्बान र सर्बियाका अलेक्जेन्डर भुसिकको भेट भएको थियो । सो भेटमा उनीहरूले आफूहरू दुवै जनाले एक वर्षको बिचमा नै सत्ता च्युत हुने कुरा सायदै कल्पना गरेका थिए ।
एक वर्षको बिचमा पपुलर मुभमेन्का कारण यी दुवै पदमुक्त भए । अप्रिल महिनामा पिटर मगयजको तिज्सा पार्टीसँग उर्बानको दलले पराजयको सामना गरे उर्बान पदमुक्त भएका थिए । पछिल्लो साता भएको निर्वाचनमा भुसिक पराजित भए । दुई वर्ष अघि सुरु भएको विद्रोहको असरले अन्तिममा उनलाई पदमुक्त गराएर छाड्यो ।
तिज्सा पार्टी र सर्बियाको निर्वाचनमा केही भिन्नता छ । तिज्सा पार्टी एक जना नेताको व्यक्तित्वको सेरोफेरोमा घुमेको छ । सर्बियामा भने एउटा आन्दोलनले भुसिकलाई हरायो । तर, आन्दोलनको नेता भने छैनन् ।
हंगेरीमा ७९ प्रतिशत तथा सर्बियामा ६९ प्रतिशत टर्न आउट भयो । दुवै देशमा मतदातासम्म पुग्नका लागि एआई टुल प्रयोग गरियो । सरकारी पक्षबाट हुने धाँधली रोक्नका लागि राम्रोसँग मनिटरिङ गरियो । मतदातासम्म प्रभावकारी ढङ्गले पुग्ने र मनिटरिङ गर्ने काम दुवै देशका विपक्षीका लागि उपलब्धिमूलक ठहरियो ।
गएको साता डिइ सिभिक एक्सन ग्रुपले निर्वाचन मनिटरिङ गर्नका लागि ७० जनाको एउटा समूह नै हंगेरी पठाएको थियो । निर्वाचनको घोषणा हुनु अगाडी नै हंगेरीको विद्रोहको अगुवाहरूले आफ्नो देशको अनुभव साटेका थिए ।
यस अघिको निर्वाचनमा सत्तारुढ दललाई धेरै मत खसेको ठाउँमा उनीहरूले बढ निगरानी गरेका थिए । फ्रड मत रोक्नका लागि हरेक मतदान स्थलमा २० देखि ३० जना खटेका थिए ।
१४ देखि १६ वर्ष शासन सम्हालेका भुसिक र उर्बान दुवै आफ्नो देशमा अपराजेय शक्ति झैँ देखिन्थे । उनीहरू दुवैले आफ्नो देशको प्रतिष्ठानमा कब्जा जमाएका थिए । उनीहरूले जबरजस्ती प्रभाव थियो ।
एक वर्ष अघिको भेटमा उनीहरूले दुई देश बिचको व्यवसायी सम्झौताको योजना बनाएका थिए । यी दुई नेताको बिचमा धेरै विषयमा समानता छ । दुवै नेताको रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र चिनिया राष्ट्रपति सी जी पिङसँग सुमधुर सम्बन्ध छ । यी दुवैको बोस्नियाका पृथकतावादी नेता मिलोरार्ड डोडिकसाग राम्रो सम्बन्ध छ । उनीहरूको मित्रता झल्काउने गरी बेलग्रेड देखि बुढापेस्टसम्म उच्च गतिको रेल कुँदी रहेको छ ।
यिनीहरूको संयोग कस्तो रहेछ भने रातको साढे नौको आसपास यी दुवैले आफ्नो पराजय स्वीकार गरे । सर्बियामा मतगणना भइरहेको समयमा मास्क लगाएका भिजलान्तेहरु मतगणना स्थलमा थिए । उनीहरूलाई स्वयं।सेवकहरूले गतिविधि गर्न रोक लगाएका थिए ।
सर्बियामा विद्यार्थी नेताहरूले १४० सिटमा जित हात पारे । हंगेरीमा तिज्सा पार्टीले पनि त्यत्ति नै सिट जितेको थियो । सर्बियामा २४० सिटका लागि निर्वाचन भएको हो भने हंगेरीमा १९९ सिटका लागि भएको थियो ।
सत्ताबाट हटे पछि ६३ वर्षीय उर्बान र ५६ वर्षीय भुसिक दुवैले भ्रष्टाचारको अभियोगको सामना गर्नु पर्ने सम्भावना बढी छ । दुवै देशको न्यायिक प्रणाली उस्तै छ । भुसिकको सत्ता बहिर्गमनको मुख्य कारण बनेको नादी सोद रेल वे दुर्घटना हो । त्यस रेलवेमा कार्यरत निर्माण कम्पनीसँग उर्बानको दरिलो सम्बन्ध छ ।
राजनीतिक विश्लेषकको मत छ, उनीहरूको लोकप्रियता घटी रहेको थियो । उनीहरूले याद नै गरेनन् । एकै पटक नसोचेको समयमा उसै गरी सत्ता छाड्न बाध्य भए ।






















