images
images
  • सर्बियामा विद्यार्थीहरूद्वारा सत्ताच्युत गरिए राष्ट्रपति अलेक्जेन्डर भुसिक

    काठमाडौं– सर्बियाका वर्तमान राष्ट्रपति अलेक्जेन्डर भुसिकले संसदीय निर्वाचनमा विद्यार्थीको नेतृत्वसँग हार स्वीकार गरेका छन् ।

    एक दशकभन्दा बढी समयदेखि सर्बियाको राजनीतिक जीवनलाई आकार दिँदै आएका भुसिकले आफूविरुद्ध लगभग दुई वर्षसम्म विरोध प्रदर्शन गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनका कारण आइतबार भएको मध्यावधि संसदीय निर्वाचनमा हार व्यहोरेका छन् ।

    कडा प्रतिस्पर्धापछि सर्बियाली प्रगतिशील पार्टीका नेता भुसिकले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘यो स्पष्ट छ कि हामीले यो निर्वाचन हारेका छौं ।’

    मतगणनाको एक प्रारम्भिक नम्नाले उनको चुनावी सूचीले सर्बियाको २५० सदस्यीय संसद्मा १०५ सिट जित्ने अपेक्षा गरिएको देखाएको थियो । जबकि ‘स्टुडेन्ट लिस्ट’ ले १३५ देखि १४० सिट जित्ने अनुमान गरिएको थियो ।

    भुसिकले विद्यार्थी सूचीसँग हार स्वीकार गरेको आइतबार भएको निर्वाचनमा ३० वर्षभन्दा बढी अवधिकै सबैभन्दा उच्च मतदान प्रतिशत देखिएको थियो ।

    सन् २०२४ को नोभेम्बर १ मा नोभी साद सहरमा रेल स्टेसनको छाना भत्किँदा १६ जनाको ज्यान गएपछि यो विद्यार्थी आन्दोलनको जन्म भएको थियो ।

    युवाहरूको नेतृत्वमा भएको यो प्रदर्शनपछि सामाजिक असन्तोषको ठूलो लहरमा परिणत भयो र ‘स्टुडेन्ट लिस्ट’ नामक राजनीतिक प्लेटफर्मको रूप लियो । यसले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, सार्वजनिक संस्थाहरूलाई राजनीतिक प्रभावमुक्त गर्ने र नागरिकका अधिकारहरू पुनःस्थापना गर्ने वाचा गरेको थियो।

    निर्वाचन प्रचारप्रसारका क्रममा यो आन्दोलनको नेतृत्व नोभी सादस्थित चिकित्साशास्त्र संकायका प्राध्यापक इलिजा उसडानोभिकले गरेका थिए ।

    एक समयका उग्रराष्ट्रवादी भुसिकले पछिल्ला वर्षहरूमा युरोपेली संघ, रुस र चीनका साथै इजरायलसँग समेत सम्बन्ध कायम राख्दै एक व्यावहारिक नेताको छवि बनाएका थिए ।

    -एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images