काठमाडौं- प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको आक्रमणबाट हालसम्म मर्नेको संख्या ७४ हजार ४९४ पुगेको छ । त्यस्तै १ लाख ७५ हजार ६०४ जना घाइते भएका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरयता गाजामा भइरहेको इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार४९४ जनाको मृत्यु र १ लाख ७५ हजार ६०४ जना घाइते भएका हुन् ।
मन्त्रालयले सन् २०२४ अक्टोबरमा भनिएको तथाकथित युद्धविरामयता मात्रै १ हजार ५३४ जना प्यालेस्टिनीको ज्यान गएको जनाएको छ । त्यस्तै ५ हजार ४८६ जना घाइते भएका छन् ।
यसबीच भग्नावशेषमुनिबाट ८४६ वटा शव निकालिएको छ ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















