काठमाडौं- आज बडादसैंअन्तर्गत विजयादशमी अर्थात् टीकाको शुभसाइत बिहान १२ बजेर २६ मिनेट रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिनभर टीकाजमरा लगाउन मिल्ने भए पनि उत्तम साइत भने बिहान १० बजेर २६ मिनेट रहेको हो ।
समितिले यस वर्षको विजया दशमीसम्बन्धी प्रमुख साइतहरू यसप्रकार निर्धारण गरेको जनाएको छ । जसअनुसार देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका ग्रहण गर्ने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ।
समितिले यस वर्ष विजया दशमीको दिन टीका ग्रहण गर्दा पश्चिम दिशातर्फ फर्कनुपर्ने स्पष्ट पारेको छ । मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी बडादसैं हर्षोल्लासका साथ मनाउन चाहनेहरूका लागि यो साइत निर्धारण गरिएको हो।
प्रतिक्रिया दिनुहोस्























