images
images
  • सांसद सुनारको विवादित अडिओको प्राविधिक परीक्षण गरिने, छानबिनका लागि अर्को समिति गठन

    काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार जोडिएको भनिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको छ ।

    अडिओमा सुनिएको स्वर आफ्नो नभएको सुनारले दाबी गरेपछि पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ ।

    बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो ।

    समितिले अडिओ–भिडिओको प्राविधिक परीक्षण गर्नुका साथै आवश्यक प्रमाण संकलन गर्नेछ ।

    आयोगले अडिओ सार्वजनिक गरेको जनआस्था र पीडित भनिएकी महिलाको अन्तर्वार्ता प्रसारण गर्ने न्युज २४ लाई पत्राचार गरी सम्बन्धित सामग्री माग्ने जनाएको छ ।

    आवश्यक परे प्राविधिक विज्ञको सहयोगसमेत लिइनेछ ।

    अडिओमा महिलालाई अश्लील शब्द प्रयोग गर्दै गाली गरेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको भनिएपछि सुनार विवादमा तानिएका हुन् ।

    उनले उक्त अडिओ आफ्नो नभएको र एआई तथा क्यारिकेचर प्रविधिबाट तयार पारिएको दाबी गरेका छन् ।

    पीडित भनिएकी महिलाले पनि अडिओमा बोल्ने व्यक्ति आफू नभएको बताएकी छन् ।

    छानबिन समितिले प्रमाणसहितको प्रतिवेदन आयोगलाई बुझाउनेछ ।

    दसैंअघि प्रारम्भिक पत्राचार गरिने र बाँकी अनुसन्धान दसैँपछि अघि बढाइने आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images