images
images
  • अमेरिकामा बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसविरुद्ध नाराबाजी, आतंकवादी भएको आरोप

    काठमाडौं– बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अमेरिकामा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ ।

    न्यूयोर्कको जोन एफ केनेडीके विमानस्थलमा सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा केही बंगलादेशी प्रवासीहरूले उनलाई घेरेर नाराबाजी गर्दै आतंकवादी भनेका छन् ।

    प्रदर्शनकारीहरूले उनलाई आतंकवादी भन्दै फिर्ता जान भनेका थिए ।

    उनीहरुले युनुसलाई बंगलादेशमा हजारौं मानिसहरूको मृत्युको लागि जिम्मेवार भएको आरोप लगाए ।

    प्रदर्शनकारीहरूले युनुसलाई सामूहिक गिरफ्तारी गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने आरोप पनि लगाए । भिडियोमा युनुसलाई ह्वीलचेयरमा राखेर लगिएको देखिन्छ ।

    रिपोर्टका अनुसार सुरक्षाको कारणले गर्दा उनलाई तुरुन्तै विमानस्थलबाट बाहिर निकालिएको थियो । घटनामा युनुस वा उनका प्रतिनिधिहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

    तीन वर्षअघि बंगलादेशमा जेनजी आन्दोलनपछि शेख हसिना सरकार अपदस्थ गरेपछि युनुस अन्तरिम सरकारका प्रमुख बनेका थिए । उनको कार्यकालमा हजारौं बंगलादेशी मारिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images