images
images
  • एमालेका १३ मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत सदस्यहरूलाई शपथ गराएका हुन् ।

    शपथ लिनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।

    एमालेको असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images