images
images
  • प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राहुल गान्धीले सर्वोच्च अदालतसम्म मार्च गर्ने

    काठमाडौं– लोकसभामा विपक्षी दलका नेता एवम् भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले सर्वोच्च अदालततिर मार्च गर्ने घोषणा गरेका छन् । उनले सोमबार अदालततिर मार्च गर्ने भएका छन् ।

    ‘विपक्षी दलहरू, नागरिक समाज संगठनहरू र साधारण नागरिकहरूले मत चोरी अन्त्य गर्ने, मतदाता नामावलीको विशेष गहन संशोधन तत्काल अन्त्य गर्ने र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै सर्वोच्च अदालततिर मार्च गर्नेछन्’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    मार्चको क्रममा मत ​​चोरी अन्त्य गर्ने, एसआईआर प्रक्रिया अन्त्य गर्ने र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै भारतका प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाइनेछ । प्रधानन्यायाधीश सूर्यकान्तले भने राहुल गान्धीलाई नभेट्ने बताइसकेका छन् ।

    राहुल गान्धीले शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गर्न दिल्ली आएका युवाहरूलाई प्रहरी र भाजपा कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाए ।

    ‘प्रदर्शनकारीहरू घृणा वा क्रोधका साथ आएका थिएनन्, तर प्रेम र लोकतान्त्रिक मूल्य मान्यताका साथ आएका थिए’, उनले लेखेका छन् ।

    गान्धीले पार्टी, जाति, धर्म, समुदाय, राज्य र लिंग पहिचानभन्दा माथि उठेर मार्चमा सामेल हुन मानिसहरूलाई अपील गरेका छन् । शनिबारको विरोध प्रदर्शनमा गान्धीको दिल्लीमा अनुपस्थितिले उनको रणनीतिमाथि प्रश्न उठाएको कुरा उल्लेखनीय छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images