काठमाडौं – धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका कृषि उद्यमी मनोज पडालले व्यावसायिक च्याउ खेती सुरु गर्न टनेल निर्माण गर्नुभएको छ । उहाँले च्याउ उत्पादनसँगै अन्य किसानलाई पनि यस व्यवसायमा आकर्षित गर्ने प्रयास गर्दै आउनुभएको छ ।
परम्परागत खेतीभन्दा फरक कृषि व्यवसायमार्फत आम्दानीको अवसर सिर्जना गर्न सकिने उद्देश्यसहित पडालले च्याउ खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको हो । च्याउ खेतीमा अन्य किसानलाई समेत जोड्दै यसको उत्पादन र बजार विस्तारमा योगदान पुर्याउने उहाँको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्






















