images
images
  • बुढीगण्डकीमा कसरी आयो बाढी ?

    काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका–६ मा लोक्पा र चुम्लिङबीबीच पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएको थियो ।

    आइतबार बिहान ४ः३० बजे खबर पाएपछि प्रहरी घटनास्थल पुगेको गोरखा प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बिहान ६ः१५ बजेदेखि नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको छ ।

    प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ ।

    बाढीले तटीय क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images