काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हालसम्म ३ हजार ७५४ मत खसेको छ ।
निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ ।
प्रतिनिधिहरूको लामो लाइन भएपछि मतदानको समय थप गरिएको छ ।
दिउँसो २ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन् ।
मधेस प्रदेशमा १ हजार २३४ मध्ये ५९० जनाले मत खसालेका छन् ।
त्यस्तै, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेका छन् ।
लुम्बिनीमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ प्रतिनिधिमध्ये ७३२ जनाले मतदान गरेका छन् ।
निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको छ ।
मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्वाध रूपमा जारी छ ।
मतदान सम्पन्न भएपछि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतगणनाको प्रक्रिया अघि बढाइनेछ ।


विश्व खबर 



















