काठमाडौं – साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रमार्फत नेपाललाई मानवीय तथा राहत सामग्री उपलब्ध गराएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले उक्त सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन् ।
सहयोगका लागि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै मानवीय सहायता दुई देशबीचको मित्रता र सहकार्यको प्रतिबिम्ब भएको बताए ।
साउदी राजदूतावासका अनुसार राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रको विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्नेछ ।
बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन साउदी अरबबाट प्राप्त सहयोगले तत्कालीन मानवीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















