काठमाडौं – भारतको बिहार हुँदै लखनउतर्फ उडिरहेको इन्डिगो एयरलाइन्सको विमान बुधबार साँझ आकाशीय चट्याङको चपेटामा परेको छ । खराब मौसमका बीच करिब १७ हजार फिटको उचाइमा उडिरहेका बेला विमानमा चट्याङ परेको हो ।
चट्याङ परे पनि विमानको उडान सञ्चालनमा कुनै समस्या नआएको जनाइएको छ । पाइलटले विमानलाई सुरक्षित रूपमा लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका छन् ।
विमानमा करिब १०४ जना यात्रु सवार थिए । आकाशमै चट्याङ परेपछि केही समय यात्रुहरूमा त्रास फैलिएको थियो । यद्यपि, विमान सुरक्षित रूपमा अवतरण गरेपछि सबै यात्रु सकुशल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खराब मौसमका कारण विमान उडिरहेको क्षेत्रमा चट्याङसहितको अवस्था बने पनि चालक दलले सावधानी अपनाउँदै उडानलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















