images
images
  • नोबेल पुरस्कार पाउनुपर्ने ट्रम्पको माग– ८ युद्ध रोकेको दाबी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् ।

    ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कुनै पनि अमेरिकी राष्ट्रपतिले आफूले जस्तो युद्ध अन्त्य नगरेको दाबी गरे ।

    उनले आफूले आठ युद्ध अन्त्य गर्नुका साथै विश्वलाई ठूलो विनाशबाट जोगाएको बताए ।

    सन् २०२६ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा हुँदैछ ।

    पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले समितिको निर्णय आफूलाई थाहा नभएको बताए ।

    दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गर्न भूमिका खेलेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गर्दै आएका छन् ।

    यसअघि सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images