images
images
  • वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

    काठमाडौं — बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवाको डोना पाउलास्थित निवासमा बिहीबार बिहान अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल अस्पताल लगिएको थियो  । चिकित्सकले बिहान ५ः२० बजे मृत घोषणा गरेका हुन् ।

    अस्पताल स्रोतका अनुसार उनलाई गम्भीर हृदयघात भएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित बचाउने प्रयास गरे पनि उनको अवस्थामा सुधार नआएपछि मृत घोषणा गरिएको हो । मृत्युको विस्तृत कारण पुष्टि गर्न थप चिकित्सकीय प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो । उनले सन् १९७८ मा ‘गमन’ बाट चलचित्र यात्रा सुरु गरेका थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गरे ।

    ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित रह्यो । पछिल्लो समय उनी ‘हाउसफुल ५’ लगायतका चलचित्रमा देखिएका थिए ।

    शक्तिशाली संवाद अदायगी र विविध चरित्रमा जीवन्त अभिनयका कारण पाटेकर भारतीय चलचित्रका विशिष्ट अभिनेताका रूपमा परिचित थिए । उनको निधनसँगै हिन्दी र मराठी चलचित्र क्षेत्रमा शोक छाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images