images
images
  • हावाहुरीले गुल्मीमा गोलभेडा खेतीका ८० टनेलमा क्षति

    काठमाडौं – वर्षासँगै आएको हावाहुरीले गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा व्यावसायिक गोलभेडा खेतीमा क्षति पुर्‍याएको छ ।

    हावाहुरीका कारण तरकारी खेतीका लागि निर्माण गरिएका करिब १०० टनेलमध्ये ८० वटा टनेलको प्लास्टिक च्यातिएको किसानले बताएका छन् । टनेलको प्लास्टिक च्यातिएपछि भित्र लगाइएको गोलभेडा खेतीसमेत प्रभावित भएको छ ।

    व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानले टनेलमा क्षति पुगेपछि गोलभेडा उत्पादनमा नोक्सानी भएको बताएका छन् । वर्षासँगै आएको तीव्र हावाले टनेलको प्लास्टिक उडाएपछि खेती असुरक्षित बनेको किसानको भनाइ छ ।

    ठूलोलुम्पेकमा किसानले टनेल निर्माण गरी गोलभेडालगायत तरकारी खेती गर्दै आएका छन् । हावाहुरीबाट ठूलो संख्यामा टनेलमा क्षति पुगेपछि किसानलाई पुनः प्लास्टिक फेर्नुपर्ने अवस्था आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images