images
images
  • प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्।

    बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

    प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका छन्। भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास जंगी अड्डाले लिएको छ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।

    केही दिनअघि मात्रै सिग्लेल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images