images
images
  • कांग्रेस महाधिवेशन : ४ उपसभापति, ३ महामन्त्री र १४ सह–महामन्त्रीसहित २८१ सदस्यीय बनाउने प्रस्ताव

    काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएर २८१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ ।

    २०७८ को १४औँ महाधिवेशनबाट १६८ सदस्यीय रहेको केन्द्रीय समिति गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो ।

    अब १५औँ महाधिवेशनअघि पुनः आकार बढाउने तयारी गरिएको हो ।

    विधान संशोधन प्रस्तावमार्फत एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, तीन महामन्त्री र १४ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताएका छन् ।

    सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र तीन जना मनोनीत हुनेछन् ।

    मनोनीत तीनमध्ये एक जना महिला अनिवार्य रहने प्रस्ताव छ ।

    त्यस्तै, खुलातर्फ ४५ र खुला महिलातर्फ १७ केन्द्रीय सदस्य रहने गरी विभिन्न क्लस्टरको संख्या पनि बढाउने प्रस्ताव गरिएको छ ।

    केन्द्रीय समिति बैठकबाट अनुमोदन भएपछि विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्द सत्रमा पेस गर्ने तयारी कांग्रेसको छ ।

    केही नेताहरूले आकांक्षी व्यवस्थापनका लागि समिति विस्तार गर्न लागिएको बताएका छन् ।

    तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले भने संख्या बढाउनुको उद्देश्य नेता व्यवस्थापन नभई पार्टीको कार्यक्षेत्र विस्तारसँग जोडिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images