images
images
  • सभामुखको दबाबमा मन्त्रीहरूलाई थाहै नदिई संसद् अधिवेशन किन अन्त्य गरियो ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ लाई समेत सभामुख डोर प्रसाद अर्याल (डीपी) ले निरन्तर दबाब दिएपछि सरकारले मन्त्रिपरिषद बैठकमा प्रस्ताव नै नल्याई संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको खुलेको छ ।

    मन्त्रिपरिषदका सदस्यलाई समेत जानकारी नदिई सभामुख डोलप्रसाद अर्याल (डीपी) र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको विदेश भ्रमण सहज बनाउने उद्देश्यले अधिवेशन अन्त्यको निर्णय पछि थपिएको खुलासा भएको छ ।

    मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नआएको संसद् अधिवेशन अन्त्यसम्बन्धी निर्णयपछि थपिएको भन्दै सरकारभित्रै प्रश्न उठेको छ ।

    एक मन्त्रीका अनुसार सभामुख अर्याल र महासचिव पद्मप्रसाद पाण्डेयले आफूहरू विदेश भ्रमण जानुपर्ने भएकाले मन्त्रिपरिषद्को निर्णयमा ‘ब्याक डेट’ मा अधिवेशन अन्त्यको विषय थपिएको एक मन्त्रीले बताए ।

    गत मंगलबार बसेको मन्त्रिपरिषदको पछिल्लो बैठकले अमेरिकाबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको थियो ।

    यस्तै, विभिन्न आयोजना तथा सशस्त्र प्रहरीका संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने र तीनवटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको थियो ।

    संघीय निजामती सेवा विधेयक, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिइएको थियो । आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

    बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सष्मित पोखरेलले सार्वजनिक गरेको निर्णयमा संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषय थिएन ।

    सभामुख अर्याल र महासचिव पाण्डेय अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सम्मेलनमा सहभागी हुन तान्जेनिया जाने तयारीमा छन् । उनीहरू असोज १८ गते गएर र २६ गते फर्कने कार्यतालिका रहेको संसद् सचिवालय श्रोतले जनाएको छ ।

    सभामुख अर्यालले विदेश भ्रमणअघि नै संसद्को अधिवेशन अन्त्यको सिफारिस गर्न कानूनमन्त्री सोविता गौतम र प्रधानमन्त्री बालेन्द्र शाहलाई ताकेता गर्दै आएका थिए । तर, मंगलबारको मन्त्रिपरिषद् बैठकमा उक्त विषय एजेण्डामै नआएको थाहा पाएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाह र महासचिव पाण्डेयले मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई ‘ब्याक डेट’ मा राखेर अधिवेशन अन्त्यका लागि अनुनयबिनय गरेका थिए ।

    प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव कार्कीले मंगलबारकै मितिमा अधिवेशन अन्त्यको निर्णय समावेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति कायौपठाइएको बताइएको छ ।

    बुधबार राष्ट्रपति कार्यालय पुगेको पत्रमा असोज १६ गतेदेखि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उल्लेख छ । निर्णयबारे मन्त्रिपरिषद्का सदस्यहरू नै अनभिज्ञ छन् ।

    ‘मन्त्रिपरिषद्को निर्णय मन्त्रीहरूलाई नै थाहा नहुने अवस्था छ । सभामुख र संसद्का महासचिवको विदेश भ्रमणलाई सहज बनाउन हतारहतार मन्त्रिपरिषद्मा प्रस्तावै नल्याई संसद् अधिवेशन अन्त्य गरिएको छ,’ ती मन्त्रीले भने, ‘यो त छापामार शैलीको निर्णय भयो ।’

    बुधबार कानूनमन्त्री गौतम प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेकी थिइन् । केही विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीसँग समय लिएकी उनले अधिवेशन अन्त्यको विषयमा पनि जिज्ञासा राखेकी थिइन् । त्यस क्रममा प्रधानमन्त्री शाहले मंगलबारकै मितिमा निर्णय राखेर अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति कार्यालय पठाइएको जानकारी दिएको स्रोतको भनाइ छ ।

    मन्त्री गौतमले प्रधानमन्त्री भेट्नुको उद्देश्य संघीय निजामति, नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने तथा सहरी विकास मन्त्रालयका दुई र ऊर्जा मन्त्रालयका जलविद्युतसहित दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने विषयमा कुरा गर्नु थियो ।

    विधेयकबारे दुई महिना समितिमा दफावार छलफल चलाउने र बजेट अधिवेशनको सुरुमै विधेयक पारित गर्ने तयारी सरकारको थियो । संसद् अधिवेशन १६ असोजमा अन्त्य हुने भएपछि समितिमा पठाउन प्रक्रिया पुरा गर्न समय अपुग भएसँगै विधेयकहरू अलपत्र हुने भएका छन् ।

    त्यसो त सभामुख विदेश भ्रमणमा जाने भएकै कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता नरहेको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् । सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न सक्ने व्यवस्था कार्यसञ्चालन नियमावलीमा छ ।

    उपसभामुख रुबीकुमारी ठाकुरलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर भ्रमणमा जान सकिने सुझावसमेत कर्मचारी तहबाट सभामुखलाई दिइएको थियो । तर, सभामुख अर्यालले उपसभामुखले बैठक चलाउन नसक्ने जवाफ दिए ।

    संसद् अधिवेशन अन्त्य

    यसैबीच संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले सरकारको सिफारिसमा संसद्अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

    ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/६र१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’, वक्तव्यमा भनिएको छ ।

    सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आजदेखि अन्त्य

    प्रतिक्रिया दिनुहोस्
    images
    images