images
images
  • धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    काठमाडौं – ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

    रमदैयास्थित राजदेव मन्दिर अगाडि प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते नैनसीको उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images