images
images
  • गुराँस लघुवित्तले १० प्रतिशत लाभांश दिने

    काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    लघुवित्तको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    यसअनुसार शेयरधनीले ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पाउनेछन् ।

    लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गरिनेछ ।

    वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिने लघुवित्तले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images