काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्डअन्तर्गतका दुई योजनाले आफ्ना इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।
आरबिबि मर्चेन्ट बैंकिङको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीले करसहित २ दशमलव ७५ प्रतिशत तथा आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीले करसहित ६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।
लाभांश वितरणका लागि दुवै योजनाले असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने भएका छन् ।
यसअनुसार असोज ८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका इकाईधनीहरूले सम्बन्धित योजनाले घोषणा गरेको नगद लाभांश प्राप्त गर्नेछन् ।
लाभांश वितरणसम्बन्धी निर्णय स्वीकृत भएपछि योग्य इकाईधनीलाई तोकिएको प्रक्रियाअनुसार प्रतिफल वितरण गरिनेछ ।


विश्व खबर 



















