काठमाडौं – काठमाडौं महानगरपालिकाले हालसम्म २ लाख १० हजार ९७६ भवन र १ हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार नक्साङ्कन गरिएका २ हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक भौगोलिक सूचना प्रणालीमा अभिलेखीकरण गरिएको छ । यस्तै, २५ हजार १९ भवनको प्रमाणीकरणसमेत भइसकेको छ ।
महानगरले विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदास्थल तथा सार्वजनिक संरचनाको डिजिटल अभिलेख पनि तयार गरेको जनाएको छ ।
अब महानगर क्षेत्रका सबै कित्ताको विवरण तयार गरी भूउपयोग वर्गीकरण अघि बढाइने भएको छ । यसका लागि अस्थायी ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने तयारी गरिएको छ ।
महानगरले ३२ वटै वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्यसमेत अघि सारेको छ ।


विश्व खबर 




















