काठमाडौं – भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले प्रधानमन्त्री राहत कोषमा रु। १ करोड ५० लाख सहयोग गर्नुभएको छ ।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको गुरु रिम्पोछेले बताउनुभएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारसमेत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा गुरु रिम्पोछेले आफ्नो पुस्तक ‘जोए अफ लाइफ’ समेत शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।
बाढीपछि विस्थापित तथा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न र दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउन विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै आएका छन् ।


विश्व खबर 



















