images
images
  • सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने, बोनस सेयर र नगद लाभांश प्रस्ताव

    काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    असार मसान्तसम्म बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ रहेको छ । सो पुँजीको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ ।

    यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

    सिटिजन्स बैंकले २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । बैंकले सर्वसाधारणका लागि सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ ।

    बैंकका अनुसार पछिल्लो २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । प्रस्तावित लाभांशसमेत समावेश गर्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images