images
images
  • कर तिर्ने ३३ जनालाई पुरस्कार, दुई जनाले पाए १० लाख

    काठमाडौं – सरकारले भदौ महिनामा कर तिरेका करदातामध्येबाट लट्रीमार्फत ३३ जनालाई करदाता पुरस्कारका लागि छनोट गरेको छ । छनोट भएकामध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रुपैयाँ र ३१ जनाले प्रतिव्यक्ति एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

    राजस्व विभागले भदौ महिनाका लागि गरेको लट्रीमा १० लाख रुपैयाँ पुरस्कारका लागि दुई बिजक नम्बर छनोट गरेको हो । छनोट भएका बिजक नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ हुन् ।

    त्यस्तै, एक लाख रुपैयाँ पुरस्कारका लागि ३१ बिजक नम्बर छनोट भएका छन् ।

    सामान्यतया करदाता पुरस्कारका लागि पाक्षिक रूपमा लट्री गरिँदै आए पनि भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाका सबै बिजकलाई एकैपटक समेटेर लट्री गरिएको विभागले जनाएको छ ।

    विभागका निमित्त महानिर्देशक जनक पौडेलले करदाता पुरस्कार कार्यक्रमले उपभोक्तामा खरिदका क्रममा बिजक माग्ने प्रवृत्ति बढाउन सहयोग गरिरहेको बताउनुभयो ।

    उपभोक्ताले बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार अभिलेखमा आउने भएकाले यसले कर संकलन बढाउन, कारोबार पारदर्शी बनाउन र कर छली नियन्त्रण गर्न सहयोग पुग्ने विभागको भनाइ छ ।

    विभागले बिजक दिन अटेर गर्ने व्यवसायीलाई सचेत गराउनुका साथै अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    एक लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएका बिजक नम्बर

    ०३२ ४५४ २६९ २७५, ०३८ ३२८ ०९१ ४४४, ०३७ ५७८ ६२६ ७४०, ०३३ १४४ १६५ ६६६, ०३६ ८२५ ६१९ ९४४, ०४४ ७४५ ४८९ ४८८, ०४२ ६१८ ४७७ ६२०, ०३९ ७०५ ९४२ ९५९, ०३५ ९०७ ३३५ ९६०, ०४६ ०९२ १८८ ९६२, ०३४ ६३६ ८८५ ८९७, ०४० ००९ ४६२ ६३४, ०४१ ३६५ ६६१ ५३०, ०४३ ७४६ ६३३ ०४२, ०४५ ६७१ ४९९ ५२५, ०४७ ७५१ ६२९ १२०, ०५३ ७७७ ६३४ २२६, ०५६ ४७१ ६८६ ००३, ०६० १०८ ६९५ ५०७, ०५८ ५०३ ९७६ ७१९, ०४९ ५२३ २१४ ६७४, ०५४ ६०९ ००४ ४७७, ०५७ ०५२ ८७४ ९४३, ०५० १९४ ५४२ ४०६, ०५२ २४८ ४४५ ०५८, ०५१ ५८५ ६५४ ६३५, ०४८ ०९८ ५५७ ३७३, ०५९ ८८२ २०८ १५७, ०५५ ६१८ ८७७ १६७, ०६१ ७०९ २०७ ४९९ र ०६२ ९१९ १९५ ४५६ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images