काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक विनियोजनको ९.४१ प्रतिशत हो ।
यस अवधिमा चालुतर्फ एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख, पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख र वित्तीय व्यवस्थातर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ ।
यता, भदौ मसान्तसम्म सरकारको कुल आम्दानी एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ रहेको छ । खर्चको तुलनामा आम्दानी करिब नौ अर्ब ७३ करोड रुपैयाँ कम छ ।
सरकारले यस अवधिसम्म एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व र १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ गैरकर राजस्व सङ्कलन गरेको छ । यस्तै, प्रत्यक्ष वैदेशिक अनुदानतर्फ करिब पाँच अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ ।


विश्व खबर 



















