images
images
  • आज देशभर विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनको विशेष पूजाआजा

    काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर निर्माण, प्रविधि तथा हस्तकलाका देवता मानिने श्री विश्वकर्मा बाबाको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदैछन् ।

    हरेक वर्ष आश्विन सङ्क्रान्ति (कन्या सङ्क्रान्ति) का दिन मनाइने यस पर्वमा विशेष गरी आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण र फलामे औजारहरूको पूजा आराधना गरिन्छ ।

    कालिगढहरूले आजका दिन प्रयोगमा ल्याइने औजार र मेसिनरी सामानको पूजा गर्नाले ती धातुजन्य वस्तुहरू धेरै समय टिक्ने, काम गर्दा नबिग्रिने र कुशलतापूर्वक काम सम्पन्न हुने धार्मिक विश्वास रहिआएको छ ।

    हस्तकला, शिल्पकार तथा प्रविधिका प्रेरणाका स्रोत मानिने विश्वकर्मा बाबाको पूजाका लागि ठाउँ–ठाउँमा मूर्ति स्थापना गरिएको छ ।

    आज दिनभर श्रद्धापूर्वक पूजाअर्चना पछि भोलिपल्ट ती मूर्तिहरूलाई रीतिपूर्वक सुन्दरीजलस्थित बागमतीको मुहान वा नजिकका नदी, ताल तथा जलाशयमा लगेर विसर्जन (सेलाउने) गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images