काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते ३२औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेटमा बस्ने कम्पनीले जनाएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन सेयर दाखिला खारेज गर्ने भएको छ ।
यसअनुसार असोज १३ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित भएमा कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३० रुपैयाँ नगद लाभांश पाउनेछन् ।


विश्व खबर 



















