images
images
  • कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्क, दुई घर भत्किए

    काठमाडौं–ञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा जङ्गली हात्तीको बथानले आज दुईवटा घर भत्काएको छ ।

    स्थानीय निरज जप्रेलका अनुसार हात्तीको बथानले स्थानीय सूर्य चौधरी र महेश नेपालको घरमा क्षति पुर्‍याएको हो ।

    हात्तीको बथान अहिले पनि बस्ती नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको छ ।

    हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हात्तीको बथान धपाउन तथा स्थानीयको सुरक्षा सुनिश्चित गर्न निगरानी बढाइएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    कार्यालयका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसँग समन्वय गरी हात्ती रहेको क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो। हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायसँग समेत समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

    नहरमा डुबेर बालकको मृत्यु

    यसैबीच, कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीमा महाकाली सिँचाइको नहरमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नहरमा नुहाउने क्रममा शाहिल ओखेडा डुबेका थिए । डुबेर गम्भीर अवस्थामा भेटिएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images