images
images
  • सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न दिँदैनौँ :अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विगतका लगानीबाट पाठ सिक्दै आगामी दिनमा राजनीतिक स्वार्थबाट प्रेरित लगानीका निर्णय हुन नदिने बताए ।

    मन्त्री वाग्लेले कोषमा ७०० अर्ब रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमलाई सुरक्षित र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए । रकम सञ्चित गरेर मात्र राख्नु कोषको उद्देश्य नभएको उनको भनाइ थियो ।

    विगतमा कोषको रकमबाट विमान खरिदमा गरिएको लगानी अपेक्षाअनुसार फलदायी हुन नसकेको उदाहरण दिँदै उनले आगामी दिनमा लगानी निर्णय गर्दा आर्थिक प्रतिफल र जोखिमलाई प्राथमिकतामा राखिने बताए ।

    उनका अनुसार कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यतामा आधारित प्रक्रिया अपनाइएको छ भने प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको छ ।

    विधेयकमाथि छलफलका क्रममा उठेका कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने उनले बताए ।

    प्रतिनिधिसभाले कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images