images
images
  • अमेरिकी डलरको बिक्री दर १५३ रुपैयाँ नाघ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूची)

    काठमाडौं– विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।

    सार्वजनिक पछिल्लो विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ४१ पैसा र बिक्री दर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।

    डलरको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय व्यापार, आयात तथा वैदेशिक भ्रमण महँगो हुने देखिएको छ भने रेमिट्यान्स पठाउनेहरूका लागि भने फाइदा पुग्नेछ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ ०२ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०६ रुपैयाँ ५३ पैसा र बिक्री दर २०७ रुपैयाँ ३४ पैसा पुगेको छ ।

    खाडी मुलुकहरूतर्फ साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५९ पैसा र कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ८१ पैसा रहेको छ । युएई दिरहाम १ को खरिद दर ४१ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिद दर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    यसैगरी, १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.41 153.01
    EUR European Euro 1 177.32 178.02
    GBP UK Pound Sterling 1 206.53 207.34
    CHF Swiss Franc 1 188.06 188.80
    AUD Australian Dollar 1 109.89 110.32
    CAD Canadian Dollar 1 110.37 110.80
    SGD Singapore Dollar 1 120.47 120.94
    JPY Japanese Yen 10 9.92 9.96
    CNY Chinese Yuan 1 22.73 22.82
    SAR Saudi Arabian Riyal 1 40.59 40.75
    QAR Qatari Riyal 1 41.81 41.98
    THB Thai Baht 1 4.63 4.65
    AED UAE Dirham 1 41.49 41.66
    MYR Malaysian Ringgit 1 37.49 37.64
    KRW South Korean Won 100 11.35 11.40
    SEK Swedish Kroner 1 15.88 15.94
    DKK Danish Kroner 1 23.72 23.81
    HKD Hong Kong Dollar 1 19.44 19.51
    KWD Kuwaity Dinar 1 497.02 498.97
    BHD Bahrain Dinar 1 404.24 405.84
    OMR Omani Rial 1 395.86 397.42

    प्रतिक्रिया दिनुहोस्
    images
    images