images
images
  • फाइनान्स कम्पनीहरूको खराब कर्जा ७.६६ प्रतिशत, जानकी फाइनान्सको सबैभन्दा बढी

    काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्त सम्मको फाइनान्स कम्पनीहरूको प्रमुख वित्तीय सूचक सार्वजनिक गरेको छ ।

    केन्द्रीय बैंकका अनुसार सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा (एनपीएल) ७.६६ प्रतिशत पुगेको छ । विवरण अनुसार जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा बढी ६१.५५ प्रतिशत पुगेको छ भने आईसीएफसी फाइनान्सको खराब कर्जा सबैभन्दा कम १.५५ प्रतिशतमा सीमित छ ।

    निक्षेप तथा कर्जातर्फ १४ फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब ७ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पुँजी कोषतर्फ कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब १५ करोड र प्राथमिक पुँजी (कोर क्यापिटल) १३ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कुल पुँजी कोष अनुपात (सीएआर) १४.३६ प्रतिशत कायम भएको विवरणमा उल्लेख छ ।

    यस्तै, तरलता तथा औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७५.२१ प्रतिशत, खुद तरलता (नेट लिक्युडिटी) ३४.७२ प्रतिशत र वैधानिक तरलता अनुपात (एसएलआर) ३०.८४ प्रतिशत रहेको छ ।

    फाइनान्स क्षेत्रको औसत आधार दर (बेस रेट) ६.४९ प्रतिशत र स्प्रेड दर ४.२७ प्रतिशत कायम भएको छ ।

    यसैगरी, राष्ट्र बैंकले समस्याग्रस्त घोषित गरेका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खराब कर्जा १०० प्रतिशत नै पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    हेर्नुहोस् पूरा विवरण–

    801963798 1426341866370735 6452941110847055643 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images