images
images
  • अमेरिकी डलरको भाउ १५२ रुपैयाँ माथि, कुवेती दिनार ४९७ पुग्दा अन्य देशको कति ? (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    नयाँ मूल्यसूची अनुसार आज अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघेको छ भने सबैभन्दा महँगो मुद्रा कुवेती दिनारको बिक्री दर झन्डै ५०० रुपैयाँ नजिक पुगेको छ ।

    राष्ट्र बैंकले तोकेको दरअनुसार आज १ अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा कायम भएको छ । त्यसैगरी, युरोपियन युरो १ को खरिद दर १७६ रुपैयाँ ५४ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ । यूके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०५ रुपैयाँ ५२ पैसा र बिक्री दर २०६ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपालीहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको विनिमय दर पनि सार्वजनिक भएको छ । जसअनुसार १ कतारी रियालको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, साउदी रियालको बिक्री दर ४० रुपैयाँ ६१ पैसा, युएई दिरामको ४१ रुपैयाँ ५२ पैसा र मलेसियन रिङ्गिटको ३७ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    सबैभन्दा महँगो मुद्राको रूपमा रहेको कुवेती दिनार १ को खरिद दर ४९५ रुपैयाँ २९ पैसा र बिक्री दर ४९७ रुपैयाँ २४ पैसा पुगेको छ । यसैगरी बहराइन दिनार १ को बिक्री दर ४०४ रुपैयाँ ४३ पैसा र ओमानी रियाल १ को बिक्री दर ३९६ रुपैयाँ ०५ पैसा रहेको छ ।

    छिमेकी मुलुक भारतको भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत छ । अन्य एसियाली मुद्राहरूमा जापानी येन १० को बिक्री दर ९ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन १ को २२ रुपैयाँ ७३ पैसा र दक्षिण कोरियाली वोन १०० को बिक्री दर ११ रुपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 151.88 152.48
    EUR European Euro 1 176.54 177.24
    GBP UK Pound Sterling 1 205.52 206.33
    CHF Swiss Franc 1 187.37 188.11
    AUD Australian Dollar 1 109.58 110.01
    CAD Canadian Dollar 1 110.17 110.61
    SGD Singapore Dollar 1 120.05 120.52
    JPY Japanese Yen 10 9.88 9.92
    CNY Chinese Yuan 1 22.64 22.73
    SAR Saudi Arabian Riyal 1 40.45 40.61
    QAR Qatari Riyal 1 41.67 41.83
    THB Thai Baht 1 4.62 4.63
    AED UAE Dirham 1 41.35 41.52
    MYR Malaysian Ringgit 1 37.32 37.47
    KRW South Korean Won 100 11.34 11.39
    SEK Swedish Kroner 1 15.82 15.88
    DKK Danish Kroner 1 23.62 23.71
    HKD Hong Kong Dollar 1 19.37 19.44
    KWD Kuwaity Dinar 1 495.29 497.24
    BHD Bahrain Dinar 1 402.84 404.43
    OMR Omani Rial 1 394.49 396.05

    प्रतिक्रिया दिनुहोस्
    images
    images