images
images
  • देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, कहिलेदेखि सुरू हुन्छ आवतजावत ? (तस्बिरहरू)

    नुवाकोट– नुवाकोटको देवीघाटमा एक्रो ब्रिज पुल जडान कार्य सम्पन्न भएको छ ।

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले उक्त पुल निर्माण गरेको हो ।

    पाँच दिन अगाडि सुरू गरेको एक्रो ब्रिज जडानको कार्य केही बेरअघि सम्पन्न भएको प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ को सचिवालयले जानकारी दिएको छ । सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको उल्लेख गरिएको छ ।

    नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने बताइएको छ । यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

    बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए । अब पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

    सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।   WhatsApp Image 2026 09 09 at 22.55.39

    WhatsApp Image 2026 09 09 at 22.55.38

    WhatsApp Image 2026 09 09 at 22.54.38

    WhatsApp Image 2026 09 09 at 22.54.37

    प्रतिक्रिया दिनुहोस्
    images
    images