काठमाडौं— महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापनसम्बन्धी प्रमाणपत्रबाट लगातार तेस्रोपटक प्रमाणित भएको छ ।
बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत प्राप्त प्रमाणपत्र तेस्रो पटक नवीकरण गरेको जनाएको छ । सन् २०२६ अगस्ट १६ देखि लागू हुने गरी भएको तेस्रो सर्भिलियन्स परीक्षणमा बैंक पुनः प्रमाणित भएको हो ।
यसअघि बैंकले सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी पहिलोपटक उक्त प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि सन् २०२५ मा भएको पहिलो सर्भिलियन्स परीक्षणबाट पनि बैंक पुनः प्रमाणित भएको थियो ।
बैंकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली, उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि तथा कार्यप्रणालीमा निरन्तर सुधार कायम गर्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
प्रमाणपत्र नवीकरणका क्रममा बैंकको नीति, नियम, प्रक्रिया, अभिलेख व्यवस्थापन तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण गरिएको थियो ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल केन्द्रसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।























