images
images
  • हिमआँधीको कहर : ज्यान गुमाउनेको सङ्ख्या १३६६ पुग्यो, ४०७७ जना अझै बेपत्ता

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते तिब्बतबाट आएको हिमआँधीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३६६ पुगेको छ ।

    मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको प्रहरीले बताएको हो ।

    भेटिएकामध्ये अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ भने बाँकीको डीएनए नमूना लिइएको छ ।

    बाढीमा परेका चार हजार ७७ जना अझै सम्पर्कविहीन छन् । त्यसमध्ये नेपाली नागरिकहरू २ हजार ९०७ पुरूष, ५७२ महिला तथा विदेशी नागरिकहरू २६९ पुरूष र ३२९ जना छन् ।

    799958643 1760475038619300 4758141717627077785 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images