images
images
  • ८ वर्ष अघिको ऐतिहासिक जित दोहोर्‍याउने दाउमा नेपालको हङकङसँग प्रतिस्पर्धा

    काठमाडौं मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ ।

    यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

    यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ ।

    जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ ।

    नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

    नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।

    उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

    हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ ।

    जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ ।

    यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

    नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए ।

    उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो ।

    नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो¥याउने सोचमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images