images
images
  • आज जेन–जी शहिद दिवस, सरकारले दियो सार्वजनिक विदा

    काठमाडौं– जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।

    जेनजी आन्दोलनको एक वर्ष पुराभएको दिन आज सरकारले जेनजी शहिद दिवस घोषणा गरेर सार्वजनिक बिदा दिएको छ ।

    विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी शहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरू भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो ।

    आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images