images
images
  • लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा

    काठमाडौं– नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि गुल्शन झाले अविजित ४४ र कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।

    इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे ।

    यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भएको थियो ।

    अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाउँदा मोहम्मद आतिफले ३० रन जोडे ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

    ललित राजवंशीले २ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

    नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो ।

    समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

    उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images