images
images
  • नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक

    काठमाडौं– अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।

    डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।

    न्युजिल्यान्डविरुद्ध नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले ।

    उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रनको पारि खेलेका हुन् ।

    अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४७ रन बनाए ।

    त्यस क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे ।

    कप्तान अनिलकुमार साह २४, मयन यादव २० तथा विपिन खत्री १२ रनमा आउट भए ।

    बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

    न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

    नेपाली टोली आज अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा छ ।

    नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो ।

    नेपालले तास्मिनियाविरुद्ध २ विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images