काठमाडौं– नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि थाइल्यान्डका राजा र रानीले मानवीय राहत सामग्री प्रदान गरेका छन् ।
नेपाल सरकारको प्राथमिकताका आधारमा तयार पारिएको राहत सामग्रीमा पाल, सुत्ने झोला, व्यक्तिगत सुरक्षा सामग्री, विद्युत् उत्पादन गर्ने यन्त्रलगायत आवश्यक सामग्री रहेका छन् । राहत सामग्रीको कुल तौल करिब ६.४४ मेट्रिक टन रहेको छ ।
बैंककस्थित डोन मुआङ विमानस्थलमा हिजो शनिबार आयोजित हस्तान्तरण कार्यक्रममा थाइल्यान्डका राजपरिषद्का सदस्यले राजा–रानीको प्रतिनिधित्व गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीलाई राहत सामग्री हस्तान्तरण गरे । उक्त राहत सामग्री आज विशेष उडानमार्फत बैंककबाट काठमाडौं ल्याइँदैछ ।
प्रतिक्रिया दिनुहोस्























