काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भयानक बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४४ जना पुगेको छ ।
नेपाल प्रहरीले दिएका जानकारी अनुसार आज शनिबार बिहान ५ बजेको विवरण अनुसार उक्त सङ्ख्यामा शव फेला परेको हो ।
जसमध्ये रसुवामा १६० जना, नुवाकोटमा १९२ जना, धादिङमा ६७ जना, चितवनमा ३६० जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २३० जना गरी १ हजार ३४२ जनाको शव फेला परेको हो ।
फेला परेकामध्ये एक हजार ३० जनाको शव गाडिसकिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ९७२ गरी कुल २ हजार २३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
यस्तै, चार हजार ८९८ जना बेपत्ता भएका छन् ।
यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना व्यक्तिहरूलाई राखिएको छ ।
























