एनभिडिया विश्वकै अग्रणी प्रविधि कम्पनीमध्ये एक हो र हुआङ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । एआई र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रमा एनभिडियाको बढ्दो प्रभावसँगै हुआङ विश्व प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिका रूपमा स्थापित छन् ।
काठमाडौं– रसुवा बाढी प्रभावितको राहत, उद्धार र पुनर्निर्माणका लागि भन्दै एउटै व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् ।
अमेरिकी आईटी कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा गरेका हुन् ।
एकै व्यक्तिबाट उद्धार कोषमा प्राप्त यो सहयोग हालसम्मकै ठूलो सहयोग हो । उक्त सहयोगप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हुआङलाई नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन् ।
हुआङको सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























