images
images
  • मलेसियाले नेपाललाई दियो १०४ रनको सामान्य लक्ष्य

    काठमाडौं– एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

    मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ मा समेटियो ।

    मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे ।

    उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।

    त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ थता स्याहादत रामीले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

    मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए ।

    त्यसैगरी ललितनारायण राजबंशीले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

    उक्त प्रतियोगिताअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।

    नेपालको यो आज दोस्रो खेल हो ।

    नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images