images
images
  • भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११२७ पुग्यो, ९५ वटा शव आफन्तलाई बुझाइयो

    काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म १ हजार १२७ पुगेको छ ।

    प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो ।

    फेला परेका शवमध्ये १ हजार ११३ जनाको शव जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ । पहिचानका लागि आवश्यक प्रक्रिया तथा डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ । तीमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।

    पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २२५ जनालाई राखिएको छ । नुवाकोटमा २ हजार १२६, धादिङमा ३३१, रसुवामा ४३३ र काठमाडौंमा ३३५ जना रहेका छन् ।

    प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको बताएको छ ।

    790491129 1758174858850690 6074341010860767642 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images